बुधबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ ३०, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौ । बुधबार सुन सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ३०० रूपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदीको भाउ पनि सामान्य घटेको छ । बुधबारको लागि महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस