बार्सिलोना ला लिगाको शीर्षस्थानमा : मेस्सी घाइते, एलक्लासिको खेल्न नसक्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक ४, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ४,काठमाडौँ । नौ खेलबाट १८ अंक जोडेको बार्सिलोना स्पेनस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

कप्तान लियोनल मेस्सीको पासमा फिलिप काउटिन्होले पहिलो हाफको दोस्रो मिनेटमा गोल गरेर बार्सालाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा मेस्सीले गोल अन्तर दोब्बर पारे । दोस्रो हाफमा लुइस स्वारेज र राकिटीकले एक(एक गोल गरे ।

सेभिल्लाका लागि लिङ्लेट र मुरीलले गोल गरेका थिए । ९ खेलबाट १६ अंक जोडेको सेभिल्ला अंक तालिकाको तेस्रो स्थानमा छ ।

यसैबीच घरेलु मैदानमा महत्वपूर्ण तीन अंक हासिल गर्ने क्रममा मेस्सी घाइते भएका छन् । दाहिने हातमा चोट लागेपछि उनी २६ औं मिनेटमा मैदानबाट बाहिरिए ।

बार्सिलोनाका स्टार मेस्सी चोटका कारण केही हप्ता खेल्न नसक्ने समाचार एजेन्सीहरूले जनाएका छन् । उनी आगामी आइतबार हुने एलक्लासिको खेल्न नसक्ने करिब निश्चित छ ।

क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाडी सकेकाले एक दशकपछि पहिलो पटक एलक्लासिकोमा मेस्सी र रोनाल्डो हुने छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस