एएफसी यू १६ महिलाको छनोट नेपालले आयोजना गर्ने !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ १७, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १७,काठमाडौँ । एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् ।

नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश गर्नेछन् । ६ समूहमा रहेको छनोट चरणबाट ८ टोली दोस्रो चरणमा पुग्नेछन् । छनोट भएका ८ टाखेलीलाई दुई समूहमा विभाजन गरिने र त्यसमा समूहका शीर्ष २ टोली अर्को वर्ष हुने फाइनलका लागि छनोट हुनेछन् । नेपाल, बंगलादेश कीर्गिस्तान, मंगोललिया, श्रीलंका र ताजकिस्तानले पहिलो चरणको छनोट आयोजना गर्नुपर्नेछ । समूहका सबै टोलीले एकअर्काको सामना गर्नेछन् । नेपाल रहेको समूह इमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरिया छन् । त्यस्तै समूह इमा श्रीलंकासहित चीन, उज्वेकिस्तान, जोर्डन, ग्वाम छन् ।

त्यस्तै समूह बीमा मंगोलिया, लाओस, हङकङ र पाकिस्तान छन् । थाइल्यान्ड, इरान, नर्दन मारियाना आइल्यान्ड् र सिंगापुर समूह सीमा छन् । समूह डीमा अस्ट्रेलिया, चाइनिज ताइपे, कीर्गिस्तान, प्यालेस्टाइन र इन्डानेसिया छन् भने बंगलादेश , भियतनाम, यूएई, बहराइन र लेबनान समूह एफमा छन् । पहिलो चरण सेप्टेम्बर १५ देखि २३ सम्म हुनेछ । दोस्रो चरणको छनोट सन् २०१९ को फेब्रुअरी २३ देखि मार्च ३ सम्म हुनेछ ।

यसैगरी बुधबार निकालिएको एएफसी यू(१९ महिला फुटबल प्रतियोगिताको छनोटमा नेपालले समूह ‘बी’ मा थाईल्यान्ड, भारत, पाकिस्तान र सिंगापुरको सामना गर्नेछ । अक्टोबर महिनामा हुने छनोटको चरणका खेलहरु थाईल्यान्डमा हुनेछन् । नेपालले यू(१४ माथिको महिला उमेर समूहमा पहिलो पटक सहभागिता जनाउन लागेको हो । यसअघी नेपाल आफैंले सन् २०१५ मा यू(१४ महिला फुटबल प्रतियोगिता आयोजना गर्दा फाइनल खेल अगाडी महाभूकम्प आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस