पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर मुल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ ३१, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज बुधबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र पेट्रोलको मूल्य घटाएको हो । विभिन्न विद्यार्थी संघहरुले आन्दोलन गरेपछि निगमले मूल्य घटाएको हो । निगमले डिजेल, मट्टीतेल, र पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाएको हो । मूल्य घटेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर १११ रुपैयाँ, पेट्रोल १२८ रुपैयाँ पर्ने छ । मूल्य घटाएसंगै निगमले विद्यार्थीहरुको आन्दोलनको कार्यक्रम फिर्ता हुने अपेक्षा लिएको जनाएको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ । आन्तरिक तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर ८४ रुपैयाँ छ । अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको मूल्य प्रतिकिलोलिटर ७५४ डलर छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १४२५ रुपैयाँ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस