लाखौँ रुँपैयाको नक्कली नोट बनाउने कारखाना यसरी भेटियो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक ४, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ४,काठमाडौँ । रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ । पक्राउ परेकालाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस