भानु जयन्तीमा एल.आर.आई विद्यार्थी साहित्य सञ्जालद्धारा विविध साहित्यिक कार्यक्रम सञ्चालन

साउन १, काठमाडौं । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाभाव प्रकट गर्दै एल आर आई विद्यार्थी साहित्य सञ्जालले २०८ औँ भानु जयन्ती भव्य रूपमा मनाएका छन् ।

साहित्य सञ्जालले विविध साहित्यिक कार्यक्रम अन्तरगत आफ्नो सिर्जना वाचन, अन्य कविका रचना वाचन, भानुभक्तीय रामायण वाचन, वक्तृत्व कला प्रतियोगिताजस्ता कार्यक्रम आयोजना गरी अनलाइन कार्यक्रममार्फत् भानु जयन्ती समारोह सम्पन्न गरेको छ । प्रतियोगितामा सयौँ विद्यार्थीहरुको प्रस्तुति र हजारौँको उपस्थितिले कार्यक्रम निकै रोचक रहेको थियो ।

सिर्जनशील विद्यार्थीहरुको सक्रीय सहभागितामा गठन भएको उक्त साहित्य सञ्जालले भाषा र साहित्यका क्षेत्रमा अग्रसरता देखाउँदै विभिन्न साहित्यकारहरुका जन्म जयन्ती, नेपाली भाषा संस्कृतिको संरक्षण र अन्य प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना तथा सञ्चालन गरी प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको गरिएको थियो ।

सो विद्यालयका संस्थापक शिवराज पन्तको संरक्षकत्वमा रहेको यो सञ्जालमा आवद्ध विद्यार्थीहरुको सिर्जनात्मक कार्यले साहित्यिक माहोल बढाउँदै जाने र नेपाली भाषा साहित्यको सम्मानका लागि प्रशंसनीय कार्य गर्दै जाने बाटो तय गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply