सरकार र निजी क्षेत्र मिलौँ ,कृषिमा चमत्कार गर्न सकिन्छ !

नेपाल चेम्बर अफ कमर्सको बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल एक सफल व्यवसायी हुन् । निजी क्षेत्रभित्र अध्ययनशील र प्रस्ट वक्ताका रूपमा चिनिएका अग्रवाल विशेषतः बैंक तथा वित्तीय संस्था र निजी लगानीकर्ताबीच ‘सेतु’का रूपमा पनि परिचित छन् । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक अग्रवाल नागरिक लगानी कोषका पनि सञ्चालक हुन् । भारतबाट फाइनान्स विषयमा स्नातकोत्तर पूरा गरेका अग्रवालले २०५५ मा नेपाल ढलोट उद्योग निजीकरणमा निजी क्षेत्रको तर्फबाट योगदान पुयाएका थिए भने उनी हाल पोलिमर, फर्मलगायत ट्रेडिङ व्यवसायमा संलग्न छन् । यसअघि उनले प्लास्टिक, गार्मेन्ट, कार्पेट लगायतका उद्योगहरू सञ्चालन तथा व्यवस्थापनको अनुभव सँगालेका छन् । उनै अग्रवालसंग हामीले उनका व्यक्तिगत विषय र व्यवसायिक जिवनसंग केन्द्रित अन्तरंग कुराकानी गरेका थियौँ । उनिसंगको कुराकानीको सारसंक्षेप:-

“धरानमा बुवाहरुको ब्यापारमा सहभागी हुँदै गर्दा काठमाण्डौ भित्रिएर अध्ययनलाई निरन्तरता दिएँ । मेरो पढाई कमर्श बिषय थियो । त्यति बेला अध्ययनमै मन गयो, बुवा कपडा ब्यापारी भएकाले त्यति बेला पनि के हुन्थ्यो भने, २०२० सालतिर अलि–अलि ब्यापार हुन्थ्यो र बुवाको व्यापारमा सघाउन मन पनि लाग्थ्यो । खासमा मैले पढ्दा–पढ्दै ब्यापारमा हात हालेको हुँ । त्यतिबेला लाईसेन्स दिएर मालहरु झिकाउने ब्यबस्था थियो । त्यो बेलामा बोनसको सिस्टम थियो । जस्तै एक लाखको माल पठायो भने केहि प्रतिशत बेच्न पाउने सिस्टम थियो ।”
” सामान्य व्यापार बुझ्दाबुझ्दै त्यसपछि मैले दुई बर्ष पाटनमा पढेँ, अनि भारतमा ओसिटीमा मास्टर पढ्न गए, बिस्तारै परिक्षा पनि दिए । त्यसपछि मैले काठमाण्डौमा ब्यापारको सुरुवात गरे । मैले ट्रेडिङको कामबाट सुरुवात गरेको थिएँ । बिराटनगरमा हरिभक्त सिटौला जि नै मेरो पहिलो पार्टनर हुनुहुन्थ्यो । हामीले संयुक्त रुपमा उहाँसँगै मिलेर ब्यापारको थालनी गरेको हो । हामीले २०४२/४३ तिर ब्यापार सुरु गरेका थियौँ । त्यो कामभन्दा पहिले गार्भमेन्टतिर पनि काम गरेको थिएँ ।

त्यो ब्यापार सुरु गर्दा फेरि २०४८ सालमा कार्पेटको काम सुरु गयौँ । राम्रै भएको थियो । कार्पेट पनि बिस्तारै कम हुँदै गयो । २०५४ मा निजीकरण हुँदाखेरी नेपाल ढलौट उद्योग थियो, सरकारी लगानीको । त्यो हामी २ जनाले ५१ प्रतिशत शेयर लियौँ । त्यति बेला मेरो सोच के थियो भने कुनै पनि घाटाको कम्पनी ईकोमोमिकल्ली घाटा हटाउन सक्नेगरी काम अगाडी बढयौँ भने सफल बन्न सकिन्छ भन्ने लागेको थियो, पछि त्यो सफल पनि भयो ।

जहाँ पनि सफल सञ्चालक

त्यो उद्योगमा म ६२ सालसम्म थिए, ५८ सालमा के भयो भने, हाम्रो पार्टनरसिप ब्रेक भयो, उहाँले आँफैँले गर्ने भन्नुभयो । त्यति बेला मेरो धेरै ठुलो डिस्टीब्युटर फर्म भईसकेको थियो । त्यति बेला म धेरै ब्यस्त हुन्थेँ, ट्रेडिङको काममा । त्यसपछि भने भने म अलिकति फ्रि भए । त्यसपछि मैले भनेँ बिहानदेखि बेलुकासम्म बस्ने काम गर्न अलिकति मन पनि लागेन । त्यसपछि मैले २०६० सालमा सतुङ्गलमा जग्गा किनेर उद्योगहरु लगाउन गए । फर्म उद्योगहरु चलाउन । ०६० सालमा पहिला सुरुवात गरेको त्यहि बाट हो । अनि त्यसपछि म बिमा संस्थानमा आए । किनभने, मलाई भित्रैबाट रहर थियो । त्यति बेला राष्ट्रिय बिमा संस्थानको कर्पोरेट तर्फको सञ्चालक हुन पुगे ।”
३ बर्ष जति म त्यहाँ काम गरेपछि चेम्बर अफ कमर्शमा प्रबेश गरे । बिमा संस्थानमा कामको अनुभव पनि राम्रै भयो । त्यहाँ अर्को निर्वाचन नभएसम्म स्पेसल ब्यक्तिका रुपमा पनि राखिएको थियो ।

त्यसपछि बिमा संस्थानमा काम गर्ने समय सिद्धिएकै अबस्थामा हो, म काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडमा प्रवेश गरेको । त्यहाँ चेम्बरको शेयर पनि थियो । १५ प्रतिशत जति थियो । एक जना चेम्बरबाट जान पाउने व्यवस्था खानेपानी लिमिटेडमा थियो । त्यति बेला एक जना चाहियो भनेर म स्वतन्त्र सञ्चालकका रुपमा त्यहाँ पुगेको थिएँ । यता बिमा संस्थान छोड्ने बित्तिकै म नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालकमा आएँ । त्यो भनेको २०६३ सालमा हो । त्यहाँ पनि स्वतन्त्र सञ्चालकमा आएको थिएँ । अहिले पनि नेपाल लाईफ इन्स्योरेन्समा काम गरिरहेको छु । यता खानेपानीको ६ बर्षजति सञ्चालककै रुपमा बसेँ । त्यसपछि म एनएमबि बैँकको बोर्डमा आँए । म यहाँ पनि सञ्चालक नै भएर आएको थिए । एनएमबि बैकमा आएपछि करिव ३ बर्षको कार्यकाल बिताए ।

त्यतिबेला बैँकमा धेरै ठुलो चुनौती थियो । ५ ओटा बैँकको मर्जर भयो । यसमा एनएमबि, पाथिभरा, भृकुटी, लगायत थिए । त्यतिबेला राष्ट्र बैकको अनुकुलता नभएकाले पनि समस्या थियो । मर्जर गर्दा जति चुनौती थियो अहिले भने निरन्तर राम्रोसँग सञ्चालन भईरहेको अबस्था छ । त्यसपछि मर्जर हुने बित्तिकै के थियो भने क्लिन ईनर्जिमा एफएलो भनेर थियो । त्यसमा उसको ३ प्रतिशत नयाँ शेयर बढी थियो । राष्ट्र बैकमा २० प्रतिशत गर्नुपर्ने भयो ।

धर्म संकटकै बीचमा बैँक छोडे

एनएमबि बैँकमा साढे ३ बर्षको कार्यकाल सकिएपछि नयाँ बाफिया ऐन आयो । बाफियाले के प्रपञ्च गर्यो भने एक जना ब्यक्ति बिमा र बैकमा बस्न नपाउने नियम बनायो । आजको हिसावले पनि हेर्नुहुन्छ भने त्यसको कुनै औचित्य नै छैन ।
लगानीको लागी बिमा एउटा र बैकमा हुँदा झै राम्रो हुन्थ्यो । बैकको लागी झनै राम्रो हुन्थ्यो नि । दुवैतिरको अनुभवले काम झनै राम्रो हुन्थ्यो तर त्यो हुन सकेन भन्ने मेरो विचार हो।

त्यसपछि म दुवैतिर भएकाले धर्मसंकट नै आयो । कि त बैँक छोड्न परो कि त बिमा संस्थानमा काम गर्न पर्यो । त्यसपछि मैले बिमा कम्पनी छोड्ने प्रयास गरेँ । राजीनामा पनि दिएँ तर त्यहाँबाट छोड्न दिईएन । त्यसपछि मैले बाध्य भएर बैक नै छोड्नुपर्ने अबस्था आयो ।
त्यसपछि म ईन्स्योरेन्समा आईसकेपछि बैक र बित्तिय संस्थाको तर्फबाट नागरिक लगानी कोषमा काम गरे र अहिले पनि गरिरहेको छु । यसरी चेम्बरको तर्फबाट मैले सरकारका भिन्न–भिन्न कमीटीमा प्रतिनिधित्व गरिरहेको छु ।

सरकार र निजी क्षेत्र मिलौँ , कृषिमा चमत्कार गर्न सकिन्छ

नेपालमा हरेक कुरामा सम्भावना भएको देश हो । नेपालमा धेरै पाकृतिक स्रोतहरु हामीलाई दिएको छ । सबैभन्दा पहिलो त एग्रिकल्चर हो, यो एग्रिकल्चरमा के छ भने २७ प्रतिशत जिडिपी यसैमा निर्भर छ । ६२ प्रतिशत मानिस एग्रिकल्चर सेक्टरमा छन् । यस्तो राम्रो वातावरणमा हामी रहेका छौँ । नदि, नाला, बन जंगलबाट पाईने सबै सुबिधा हामी पाईरहेका छौँ । यसका बाबजुत पनि हामी खाद्यान्न आयात गर्न परिरहेको अबस्था छ । ठिक यसको बिपरित तपाईको ईजरायल मरभुमी नै मरुभुमी भएको देश हो । जहाँ पानी पनि हुँदैन, सिचाईको राम्रो ब्यबस्था हुँदैन, त्यस्तो अबस्थामा पनि हाम्रो भन्दा उनीहरुको उत्पादन राम्रो रहेको छ । हामी एक बिघामा जति उत्पादन गर्छौ त्यो भन्दा बढी उत्पादन उनीहरुले गरिरहेका हुन्छन् ।

हामीकहाँ एग्रिकल्चरलाई अलिकती प्राथमिकतामा राखेर एग्रिकल्चरको सेक्टरलाई सहि ढङ्गले ब्यबस्थापन गर्नुपर्ने देखिन्छ । आज पनि यदि हामी एग्रिकल्चर सेक्टरमा औद्योगिकरण, यान्त्रिकरण, बाहिरको टेक्नोलोजी ल्याएर यहाँ भएका धेरै प्रबिधीहरु उपयोग गरेर अगाडी जान सके राम्रो हुन्छ । नेपाल सम्भावना बोकेको देश हो । नेपालमा मल, बिउ, बिजनको राम्रो ब्यबस्था भएमा कृषिको जुनसुकै सेक्टरमा पनि प्रतिफल राम्रो लिन सकिन्छ । यसैगरी बजारको राम्रो ब्यबस्था हुन पनि जरुरी छ, उत्पादन भएको बस्तुहरुको बजारीकरणमा पनि सहयोग गर्न सके अझै प्रभावकारी हुने देखिन्छ । यसरी दुबैतर्फबाट समन्वय हुँदा हाम्रो उत्पादन पनि धेरै समयसम्म पनि रहन सक्छ । उत्पादनको समय अझै बढाउन पनि सकिन्छ, यदि सबैसँग समन्वय भएमा ।

आधुनिक प्रबिधिबाट गरिने हरेक प्रकारका खेतीमा सफल हुन सकिन्छ । यसरी यो योजना अनुसार अगाडी बढ्न सके नेपाल छिट्टै नै खाद्यान्नमा आत्मनिर्भर भएको घोषणा गर्न सकिन्छ । तर अहिले नेपालमा सबैभन्दा समस्याको बिषय भनेको बजारको हो । कुनै पनि बस्तु उत्पादन गर्यो, तर त्यसको बजार भएन भने उत्पादन त खेर जाने भयो । यो समस्यालाई हटाएर यदि बजारीकरणमा पनि बिशेष जोड दिन सके मात्र पनि आत्मनिर्भरताको बाटोमा अगाडी बढ्न सजिलो हुन्छ । मेरो विचारमा सरकार र निजी क्षेत्रले मिलौँ कृषिमा चमत्कार गर्न सकिन्छ भन्ने हो । सरकार र निजीस् क्षेत्रले उत्पादन,बजार व्यवस्थापन र गुणस्तरमा लगानी गर्न सके नेपाल फेरी तरकारी,अन्न र फलफुल निर्यात गर्न सक्ने मुलुकको रुपमा विकास हुन सक्छ ।

भारतमा पनि उत्पादन कहिले बढ्ने, कहिले घट्ने भईरहेको हुन्छ, यस्तो अबस्थालाई मध्यनजर गर्दै बिभिन्न निकायहरुले त्यहाँ उत्पादनको दर अनुसार बजारीकरणको ब्यबस्था गरेका छन् । उत्पादन बढी भए बेच्ने र कम भए त्यहि अनुसार मेन्टेन गर्ने सिस्टम रहेको छ ।
नेपालमा बिदेशी लगानीका सम्भावना पनि धेरै छन् । कृषि क्षेत्रमा बिदेशी लगानी गर्दै उत्पादन बढाएर कृषिमा बजारीकरणको ब्यबस्था राम्रो बनाउन सकिन्छ । नेपालको आर्थिक पाटोलाई हेदा हाईडा्र पावरदेखि औषधी उत्पादक कम्पनीहरुले पनि सहयोग पुराउन सक्छन् ।”

प्रस्तुती: राज ढुंगाना

तपाइकाे प्रतिकृया

Related posts

Leave a Reply