पार्टी एकताको लागि नेकपा एमालेको दोस्रो तहका नेताहरु छलफलमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौ । पार्टी एकताको लागि नेकपा एमालेको दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। शनिबार बिहान सिंहदरबारमा विघटित एकता कार्यदल दल सदस्य र नेताहरु बीच छलफल चलिरहेको छ ।

शुक्रबार स्थायी समितिले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ। एकताका लागि भएको सहमतिको पक्षमा निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेकामा बैठकले धन्यवाद दिँदै कार्यदल विघटन गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस