कञ्चनपुरको लिङ्गेश्वर धामका बाबा मृत फेला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ श्रावण २, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २, धनगढी । कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् ।

वेदकोट नगरपालिका -४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको छ । प्रहरीले नाथको मृत्युको कारणबारे अहिले नै केही भन्न नसकिने जनाएको छ तर स्थानीयले भने उनको हत्या भएको आशंका गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस