विश्वासको मत जसले दिन्छन् उनीहरु पार्टीमा नरहने ओली पक्षको घोषणा

साउन ३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने दोहोर्‍याएको छ ।

पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन नसक्ने ओली पक्षको घोषणा छ ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भएपनि एमाले एकतावद्ध भइहाल्छ कि भन्ने मनसायले हतार–हतार विश्वासकोमत लिन खोजेको ओली पक्षका नेताहरुको निष्कर्ष छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले जनमतबाट नभई फरक विधि (परमादेश)बाट आएको सरकारलाई पार्टीको समर्थन नहुने दोहोर्‍याएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply