राष्ट्रिय युवा संघले जलायो जीवनराम श्रेष्ठको पुत्ला !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण ५, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाण्डौ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौको सितापाईलामा जीवनराम श्रेष्ठको पुत्लाको लास बनाइ जलाएको छ । सीतापाईला बाट एकाएक पचासौं मलामी सहित लास लिएर निस्किएको लावा लस्करलाई सेल्सबेरी पुगेपछि पुलिसले हस्तक्षेप गरेको थियो । मुटभेट सुरु भएपछि पेट्रोल खन्याएर पुत्ला दहन गरेको थिए । आन्दोलनका प्रमुख उपस्थिति संघका केन्द्रीय सचिव माहाराजा गुरुङले कोट सभामा उपस्थित कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

कार्यक्रमको कमाण्ड गरेका संघका स्थायी कमिटी सदस्य मोदनाथ सिलवाल सन्तोषले कोट सभा संचालन गरेका थिए । उक्त बिरोध कार्यक्रममा संघका केन्द्रीय सदस्य दिपेश श्रेष्ठ पेरिस र अर्का कार्यक्रता विश्व राज गुरुङ घाइते भएका थिए । संघका सचिवालय सदस्य र केन्द्रीय सदस्यको उपस्थिति रहेको कार्यक्रममा नेकपा एमाले जिन्दावाद, माधवकुमार नेपाल मुर्दावाद, जिवनराम श्रेष्ठ मुर्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद जस्ता नारा लागेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस