२२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय, सरकारलाई कुनै जवाफ नदिने नेपालपक्षको दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ५, काठमाण्डौ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएकाले ती सांसदलाई कारबाही गर्ने तयारीस्वरूप एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सोमबार ललितपुरको च्यासलमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए । उनले फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमतविपरीतको काम भएको भन्दै पार्टीका २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

उनले २२ जना सांसदले दिएको जवाफको आधारमा पार्टीले चाल्ने थप कदम तय हुने बताए । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए । ओलीको स्पष्टिकरणमा कुनै जवाफ नदिने माधव नेपाल पक्षले बताइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस