एमाले केन्द्रीय कमिटी बैठक आज बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण ५, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । सोमबार च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । सोमबार बसेको बैठकले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले यो बैठकमा आफ्नो उद्घाटन मन्तव्य राखेका थिए ।

उनीहरुलाई २४ घन्टाको स्पष्टिकरण सोध्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो । तर, कोही पनि सांसदले यसबारे कुनै जवाफ दिएका छैनन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले यो स्पष्टिकरणको कुनै जवाफ नदिने पनि बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस