भारतमा कोरोना भाइरस संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्‍यु

साउन ६, काठमाण्डौ । भारतमा कोरोना भाइरस संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्‍यु भएको छ। राज्यहरुले मृतकको संख्या थपेपछि मृतकको संख्या एकैदिन करिब ४ हजार पुगेको हो। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख १८ ४८० जनाको मृत्यु भइसकेको छ।

यस्तै, थप ४२ हजार १५ जनामा कोभिड १९ संक्रमण देखिएको छ । मंगलबार करिब ३० हजार संक्रमित पहिचान भएकोमा बुधवार संक्रमितको संख्या १२ हजारले बढेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३६ हजार ९७७ जना कोभिड १९ संक्रमण मुक्त भएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply