आज सुनको मूल्य ७०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

साउन ६, काठमाण्डौ । बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ । तर यता चाँदीको मूल्य भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply