साउन ६, काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्न नहुने बताएका छन् । बुधवार सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन् ।
पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले यसअघि ओली सरकारले गरेको निर्णयको समेत विरोध गरेका थिए । प्रधानमन्त्री देउवाले मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने क्रममा खनाललाई फोनमार्फत उपचार खर्च सरकारले बेहोर्ने वचन दिएका थिए ।