एकताप्रति ओली लचिलो : भन्छन्-‘माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार छु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ७, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टीमा दुई अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन् ।

बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा केही बेर समय दिएर बोलेका अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

एमाले अध्यक्ष ओलीले आफू कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, एकताका लागि हदैसम्म लचिलो बन्न तयार रहेको र माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउनसमेत तयार रहेको बैठकमा बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस