ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलियासहित ३२ जना अझै फरार !

साउन ७, काठमाडौ । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य विचौलिया अझै फरार रहेका छन् । फरार हुनेमा मुख्य विचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।

पटकपटक म्याद जारी गर्दा पनि अटेर गरेपछि विशेष अदालत फरार रहेकाहरुको हकमा च्रष्टाचार मुद्दामा पेसी चढाउने तयारीमा रहेको बुझिएको छ । फरार रहेकाहरुलाई इजलासको आदेशबाट एकपटक सार्वजनिक सूचना जारी गर्न लगाउने र सो प्रक्रिया गर्दा पनि अनुपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी छ ।

विशेष अदालतले म्याद जारी गरेर पनि अनुपस्थित हुनेमा रामकुमार सुवेदी, हाटक शमशेर, शशिकला सुब्बा, विवेककुमार सुवेदी, रुपेश शमशेर राणा, हिमान्द्री शमशेर जबरा छन् । राजधानीबाट साभार गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply