आज पनि घट्यो सुनको मूल्य,तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण ७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा सात सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको छ । आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १३६० मा कारोबार भएकोमा आज बढेर तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस