पिपुल्स भोलिन्टयर्स फेरि ब्युँतियो ! इन्चार्जमा सन्जीप राई

साउन ७, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गरेका छन् । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि ब्युँताइएको हो ।

बिहीबार युवा संघ नेपालको भक्तपुर भेलाबाट एक हजार एक सदस्यीय पीभी घोषणा गरिएको हो । नेता नेपाल आफैंले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा पीभी घोषणा गरेका हुन् । पीभीको इन्चार्ज सन्जीप राई र सचिव मनोज खत्री चयन भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँताएपछि नेता नेपाल समूहले पनि पीभी घोषणा गरेका हुन् । पीभी घोषणा अघि मोटरसाइकल र्‍याली निकालिएको थियो ।

पिपुल्स भोलेन्टियर घोषणा गर्दै नेता नेपालले यो कम्युनिष्ट विचारबाट अघि बढ्ने बताए । नेता नेपालले युवाहरुलाई मानिसमा हुनुपर्ने राम्रो गुणहरु सिक्न र नराम्रो बानी त्याग पनि आग्रह गरे । भोलेन्टियरले अरुले जे गर्छ त्यो नगर्ने भन्दै उनले आफूहरु हिम्मतिलो र परिवर्तन गर्न चाहने युवा पंक्ति तयार गर्न चाहेको उल्लेख गरे ।

संम्बन्धित समचार

Leave a Reply