ट्रम्प–किम वार्ताको तयारी, उत्तर कोरियाली अधिकारी अमेरिका हिँडे

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ १७, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १७,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्ताको तयारीका लागि उत्तर कोरियाली उच्चअधिकारी अमेरिका गएका छन् ।

उत्तर कोरियाको वर्कस् पार्टी केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बेइजिङ हुँदैं अमेरिका हिँडेका हुन । उनले हिजो बेइजिङका अधिकारीसंग सिंगापुर वार्ताका बारेमा आवश्यक परामर्श भेट गरेको जनाइएको छ । उहाँ बेइजिङबाट हिजै अमेरिका हिडेका थिए ।

उत्तर कोरियाली विशेष दूतका रुपमा अमेरिकामा रहँदा किमले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग आवश्यक भेट र परामर्श गर्नेछन । किम योङ चोल अमेरिकी राष्ट्रपतिसंग भेट गर्ने पहिलो उत्तर कोरियाली नेता हुनेछन ।

ताजा अपडेट

खोजी गर्नुहोस