काँग्रेसले गण्डकी प्रदेशबाट ३ मन्त्री छान्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ८, काठमाडौं । काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका हुन् ।

काँग्रेसमा व्यक्तिपिच्छेका गूटउपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो ।

यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ ।

काँग्रेसले तीन जनाको नाम छनोट गरेपनि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लगाएको छैन । यसअघि माओवादीले पनि बिहीबार तीन मन्त्रीको टुंगो लगाएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस