मलेसियाबाट २४ नेपालीको शव र तीन अस्तु आए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ९, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ९, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ । शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस