साउन ९, काठमाण्डौ । जनता समाजवादी पार्टि जसपाका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग र अध्यक्ष उपेन्द्र यादव बिरुद्ध सर्वोच्च अदालतमा शुक्रवार मुद्दा दायर गरेका छन् ।
निर्वाचन आयोगको पूर्ण इजलासले जसपाको आधिकारिकता सम्बन्धी बिबादमा सोमवार ‘हेड–काउण्ट’ का लागि कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुलाई परिचय खुल्ने नागरिकता अथवा निर्वाचन आयोगको मतदाता परिचय पत्र सक्कलै लिई उपस्थित हुन आदेश बिहिवार दिएको हो ।