कांग्रेस महाधिवेशन कार्यतालिका फेरि प्रभावित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ९, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ९, काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ । क्रियाशील सदस्यताको टुंगो लाग्न ढिलाइ भएपछि कांग्रेसको आशन्न महाधिवेशन कार्यतालिका प्रभावित भएको हो ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पूर्वनिर्धारित कार्यतालिकाअनुसार साउन १२ गतेका लागि तय भएको गाउँरनगर वडा अधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस