गण्डकी प्रदेश सरकार गठन प्रक्रिया दलित समुदायप्रतिको अपमान: नेता कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १०, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १०,काठमाडौँ । गण्डकी प्रदेश सरकार गठन प्रक्रियामा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला असन्तुष्ट भएका छन् ।

उनले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो। दलित समुदायप्रतिको अपमान हो।

सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु: खित बनाएको छ । त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ, उनले भने।

भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।

वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ ।
यसलाई तुरुन्त सच्याउनु जरुरी रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस