कपिलवस्तुको कृष्णनगर र आसपासमा लगाइएको कर्फ्यु हट्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ६, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ६,कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर र आसपासमा लगाइएको कर्फ्यु हटाइएको छ ।

अवस्था सामान्य भएकाले अब कर्फ्यु हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि लगाइएको कर्फ्यु मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि हटाइएकोमा अब पुरै हटाइएको उनले बताए ।

कृष्णनगरमा दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा गएको शुक्रबार दुई पक्षबीच विवादपछि झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस