साझाको बिजुलीबाट चल्ने बस सञ्चालनमा, थप तीनवटा बस ल्याउने प्रक्रियामा

कार्तिक ६,काठमाडौँ । साझा यातायातले मंगलबारदेखि बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकामा चल्ने बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उहाँले सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने बताए ।

प्रधानमन्त्री ओलीले विद्युतीय बसको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्ने उल्लेख गरे । विद्युतीय बस सेवाको उद्घाटनपछि प्रधानमन्त्री ओली त्यही गाडी चढेर ललितपुरको पुल्चोकबाट सिंहदरबार पुगेका थिए ।

साझा यातायातले चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेका पाँचवटा बसबाट यो सेवा शुरु गरेको हो । अहिले दुईवटा बस काठमाडौं आइपुगेको र अरु तीनवटा बस ल्याउने प्रक्रियामा रहेको पनि साझा यातायातले जनाएको छ ।

साझाले विद्युतीय बस काठमाडौंपछि लुम्बिनीमा पनि चलाउने तयारी गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply