तीन सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण १३, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार आठ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज घटेर तोलामा १२५५ कायम गरिएको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस