देउवाको आग्रह–’मलाई अप्ठ्यारो भयो,मन्त्रीको नाम छिटो टुङ्ग्याउनुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १३, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १३,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए ।

‘मलाई धेरै समस्या हुन लागिसक्यो, तपाईहरुले समयमा मन्त्री बन्नेको नाम दिन सक्नुभएन । यसले बाहिर समेत राम्रो म्यासेज गएन, आलोचना हुन थालिसक्यो’, देउवाको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘ जतिसक्दो चाँडो नाम दिनुस् । मन्त्रिमण्डल विस्तारलाई पूर्णता दिएपछि मात्रै काम गर्न सजिलो हुन्छ ।’

बैठकमा देउवाको कुरा सुनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एक–दुई दिनभित्रै नाम दिन्छौं, तपाईलाई अप्ठेरो पर्न दिँदैनौं’ भन्ने जवाफ दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस