कार्तिक ८ गतेदेखी साफ यू–१५ च्याम्पियनसिप–२०१८ आयोजना हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक ६, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक ६,काठमाडौँ । आउँदो बिहीबारदेखि ललितपुरको सातदोबाटोमा साफ यू–१५ च्याम्पियनसिप–२०१८ आयोजना हुने भएको छ ।

नेपाल फुटबल संघ एन्फाले मंगलबार सातदोबाटोको आफ्नै कम्लेक्समा पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो । सातदोबाटोको एन्फाको फुटबल मैदानमा हुने खेलमा नेपालको १५ वर्ष मुनिको राष्ट्रिय युवा टिम लगायत बंगलादेश, भारत, भुटान र पाकिस्तानी टिमको सहभागिता रहनेछ ।

एन्फाले टिमहरुको प्रशिक्षणका लागि सशस्त्र प्रहरीको हलचोक मैदान र मध्यपुर युथ एसोसियसनको प्रशिक्षण केन्द्र, सानोठिमीको मैदान मिलाइएको जनाएको छ । यो च्याम्पियनसिपमा १ करोड ६५ लाख रुपैयाँ खर्च हुने अनुमान एन्फाले गरेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ, साफको कार्यक्रम अनुसार नै एन्फाको आयोजनामा साफ यू–१५ च्याम्पियनसिप–२०१८ आयोजना हुन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस