कांग्रेस महाधिवेशन प्रक्रिया अवरुद्ध : कांग्रेस नेता कोइराला असन्तुष्ट,पार्टीले बैधानिकता गुमाउने चिन्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण १४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १४,काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया अवरुद्ध भएकोमा केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी भएतापनि पूर्व निर्धारित कार्यतालिकाको पालना नभएको बताएका छन् । नेता कोइरालाले भने– ‘अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पुर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ।’

नेता कोइरालाले नेतृत्वलाई प्रश्न गर्दै भने– ‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन ? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो ? यसको जवाफ कसले दिने ?’

उनले पार्टीका सबै साथीहरूको चाहना संवैधानिक सीमाभित्र पार्टीको महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढ्नुपर्छ भन्ने रहेको बताउदै अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित रहेकोमा सजग हुनुपर्ने धारणा ब्यक्त गरे । उनले अन्तिम अवसरबाट पार्टी उम्कने बाटो नहेको बताउदै लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई जवाफ दिन नसक्ने तर्क गरेका छन् । नेता कोइरालाले पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गर्न समेत आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस