ओली यात्रा: “बालुवाटार टु बालकोट………”

राज ढुंगाना

२०७८ असार ३० गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बाुलवाटार छोडेर आफ्नो निजी निवास बालकोट निक्लिए । जानेबेला रत्यौली शैलीको नारा घन्कियो । सडकमा केही गाडी र मोटरसाइकलको र्‍यालीसहित ओली युद्ध हारेको सिपाइ झैँ निराश,केही आक्रोस र केही पिडा लिएर बालकोट पुग्दा मध्ये दिँउसो भइसकेको थियो । प्रतिनिधि सभा-२०७४ मा बाम गठबन्धनबाट एमाले र माओवादी बहुमतसहित संसदमा पुग्दा केपी ओलीको प्रधानमन्त्रीमा दोस्रो इनिङ्स थियो । अझै उनको निर्वाचन क्षेत्र झापा–५ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत मिल्ती थियो । झापामा राप्रपाको राम्रै पकड रहेको छ । जसको कारण उनले २७ हजार ८ सय ४२ मतान्तरले प्रतिद्धन्दी खगेन्द्र अधिकारीलाई हराए । २०७४ फागुन ३ मा ओली प्रधानमन्त्री हुँदा उनलाई संसदमा झण्डै दुई तिहाई मतको समर्थन थियो ।

तत्कालिन एमाले,माओवादी,राजपा,संघिय समाजवादी  र राप्रपाको समर्थन समेत पाएका उनले विगतका बहुमतका सरकार भन्दा फरक गति लिन सकेनन् नत कुनै उनले पार्टी भित्र सकारात्मक नेतृत्व लिन सके न त सरकारको नै । अन्तिममा उनि सर्वोच्च अदालतको आदेशबाट गलहत्याइन पुगे । उनको सहज बर्हिगमन हुन सकेन् । न त उनको सरकार ढल्दा कुनै संस्था र समुहले दुखमनाउ गरे । बरु उल्टै उनको बर्हिगमनमा अदालत,सञ्चारमाध्यम,बौद्धिक वर्ग र नागरिक समाज खुसी भए । किनकी उनी हिजो भन्दा आज, आज भन्दा भोली झन अलोकप्रिय र भ्रष्ट सरकारको ट्यागले बाक्लिदै गएका थिए । केपी ओलीको ४० महिने सरकारको लेखाजोखा आगामी दिनमा हुँदै गर्ला ।

ओलीको कामका सवालमा उनी निकटस्थ एमालेका एक नेता भन्छन– “ठूला संरचना निर्माणदेखि भ्रष्टाचार नियन्त्रण र व्यक्तिले लुटेका सार्वजनिक जमिन फिर्ता गर्नेदेखि वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्ने, यी ऐतिहासिक काम थिए । गुमेको कालापानी, लिम्यिाधुरा लिपुलेकको नक्सा फिर्ता गर्ने काम र चीनसँगको व्यापार पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर गर्ने काम ओलीकै पालामा भए ।” 

केही समय अगाडी ओलीको नजिकै बसेर काम गरेका एक विज्ञले आफ्नो भनाई यसरी राखेका थिए :– “निश्चयनै केपी शर्मा ओली नेतृत्वको सरकार उत्साहित वातावरणमा बनेको थियो । पार्टी चुनावका बेला जनतामा जे–जस्ता चुनावी घोषणापत्र लिएर गएको थियो र जनताले त्यसलाई जसरी अनुमोदन गरेका थिए, त्यसले उच्च नैतिक बल भएको सरकार बनाउन महत्वपूर्ण योगदान गरेको थियो ।सरकार बनेपछि छिमेकीहरुसँग पनि प्रस्टसँग आफ्ना कुराहरु राख्न सकेको थियो । नेपालभित्र पनि महत्वाकांक्षी योजनाहरु अघि सारेको थियो । यसले जनतामा अपूर्व उत्साह नै छाएको हो ।
तर, समयक्रमसँगै यही सरकारको असमयमै अवसान हुनपुग्यो । यो आज एकैदिनमा भएको भने होइन । यसवीचमा खासगरी सरकार बनेको २ वर्षपछिको समयमा विवादहरु बढ्दै गए । पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि प्रतिपक्षमा नैतिक बल बढ्दै जान थाल्यो । सुरुवातमा असाध्यै राम्रो सुरुवात र सम्भावना भएको सरकारको असमयमै अवसान हुनपुगेकाले एउटा सम्भावनाकै अवसान भयो भन्ने बुझ्न सकिन्छ ।
यसबाट नेकपा, एमाले वा अरु पार्टीले पनि धेरै पाठ सिक्नुपर्नेछ । प्रधानमन्त्रीका हैसियतमा उहाँको अन्तिम सम्बोधन जसरी आयो, त्यसमा उहाँले पार्टीभित्रको असन्तुष्टपक्षसँगै अरुलाई आलोचना त गर्नुभयो, त्योसँगै उहाँले आत्मसमीक्षा पनि गर्नुभयो भने उहाँलाई आगामी दिनमा राम्रो हुनेछ ।किनभने, आउने सरकारले पनि हामीले गर्न खोजेका राम्रा कामहरुलाई निरन्तरता देओस् भन्ने हुनुपर्नेमा बढी समय अरुकै आलोचना गरेको देखियो ।
अहिले केपी ओली असफल हुनुभएको छ । ओलीमात्रै होइन, नेकपा पनि असफल भएको छ । यो मात्रै होइन, नेकपामा मतदान गर्ने समर्थक र शुभचिन्तक पनि असफल भएको अवस्था छ । यसको समीक्षा गर्नुपर्ने हुन्छ । आरोप, प्रत्यारोप र आलोचना गर्नेमात्रै होइन । मलाई लाग्छ, आउने दिनमा बालुवाटारको भीडभाडबाट मुक्त भएपछि उहाँले अझ बढी सोच्नुहुनेछ ।”

हो एमाले अध्यक्षको हैसियतमा देशको बागडोर सम्हालेका निवर्तमान प्रधानमन्त्री ओलीसंग नेपाली जनताको थुप्रै आकांक्षा,सपना थिए । तर ४० महिनाको दौरानमा उनले आफुलाई १०० बाट ‘०’ मा पुर्याए । हुँदाछदाको बहुमतको पार्टीलाई आडम्बर र घमण्डले एउटा झुण्डमा सिमित गरे । सरकारलाई पुर्ण असफल पारे भने संसदमा प्रमुख प्रतिपक्षी भन्न पनि लजाउन पर्ने कांग्रेसलाई स्पष्ट र बलियो बहुमतसहित सरकारमा पुर्याए । अझै ओलीको घमण्ड बालकोटको बार्दलीमा कायमै छ ।

संख्यात्मक रुपमा ओलीको बालुवाटार खटाईलाई यसरी भन्न सकिन्छ– “पार्टीको चुनावी घोषणापत्रमा उनले आफ्नो सरकारको कार्यकालमा टेक्दै टेकेनन्, जुन संयुक्त घोषणापत्र थियो । दोस्रो–नेकपा बनेपछि ओलीलाई सुविधाजनक बहुमत थियो, त्यो बहुमत भएको नेकपा जोगाउन सकेनन् । तेस्रो–नेकपा फुटेपनि संसदको सबैभन्दा ठूलो पार्टी रहेको थियो नेकपा एमाले । जसका १२१ जना सांसद थिए, त्यसलाई पनि ओलीले जोगाउन सकेनन् ।चौथो– सरकारको नीति कार्यक्रम,बजेट र उनी आफैंले घोषणा गरेका सुख र समृद्धिका कुरा जे–जे थिए, ती कुनैपनि लागू हुन सकेनन् । गर्न खोजिएन । र, पाँचौँ–असंलग्न परराष्ट्र नीति नेपालमा जे थियो, त्यसलाई उनले धरासायी बनाइदिए ।”

हुनत सरकार असफल हुनुमा ओली एक्लै दोषी भने छैनन् । उनीसंग निकट रहेर उनको सचिवालयमा कार्य सम्पादन गर्ने देखि लिएर उनको पार्टीका नेताहरु पनि उत्तिकै दोषी छन् । भलै पार्टी अध्यक्ष र सरकार प्रमुख भएको कारण उनले दुई तिहाई जिम्मा लिनैपर्छ । हिजो ओली बालुवाटारमा प्रधानमन्त्री भएर उक्लदैै गर्दा उनिसंग बहुमत बढी संख्याको सांसदसहितको पार्टी नेकपा थियो,उनको राष्ट्रवादी छवी थियो । विकास गर्छन की भन्ने आशा थियो । देशकै सफल कम्युनिष्ट पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुन्छन् भन्ने भरोसा थियो । तर आज बालुवाटारबाट बालकोट ओर्लदै गर्दा उनमा न पार्टी छ, न त कुनै राष्ट्रवादी छवी ! छ  त केवल एउटा पार्टीको पनि एउटा समुहको नेता ! यर्थात उनका सहयात्रीहरु उनिसंग टाढिएका छन् । उनी आफ्नै गुटमा रमाएका छन् ।

बालकोटबाट पनि उनले आफुलाई सच्याएनन् भने कुनैदिन झापा–५ मा नै उनले ठण्डा दिमागले साँच्चै सोच्नेछन्–“मेरो बालुवाटार टु बालकोट यात्रा सफल भएन् ! न त दशकौँ कम्युनिष्ट सरकार रहने सपना देखेका जनताको आशा नै रह्यो, न त देशभरी बलियो पकडसहित सक्रिय कार्यकर्ता रहेको सग्लो पार्टी नै ! ”

(लेखक समसामयिक राजनितिक र आर्थिक विषयमा लेख्दै आइरहेका छन् ।)

संम्बन्धित समचार

Leave a Reply