पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १४, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन १४,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १३७३ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ । तीमध्ये ९ हजार ८०७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन् । जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३६ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस