दीपिका–रणविरको विवाहमा ३००० पाहुना उपस्थित हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ कार्तिक ६, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक ६,काठमाडौँ । दीपिका पादुकोण र रणविर सिंहले विवाहको कार्ड सामाजिक सञ्जालमा सार्वजनिक गरेसँगै दुवैजनालाई शुभकामना तथा बधाई दिन सुरु गरिएको छ ।
दीपिका रणविरको विवाहको मिति सार्वजनिक भएसँगै कलाकार तथा फ्यानहरु निकै उत्साहित भइरहेका छन् ।

खबरहरुका अनुसार दीपिका र रणविरले इटालीमा विवाह गर्नेछन् भने रिसेप्सन भारतको मुम्बई वा बेंग्लोरमा आयोजना गर्नेछन् । यसैबीच यि दुवैको विवाहसँग सम्बन्धित एक अर्को रोचक खबर सार्वजनिक भएको छ ।

दीपिका र रणविरको विवाह नोभेम्बर १४ र १५ हुनेछ । खबरहरुक अनुसार दीपिका र रणविरले दुइवटा रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । विवाहको पहिलो रिसेप्सन पार्टी नोभेम्बर २८ वा २९ मा बेंग्लोरमा दिइनेछ ।

यो रिसेप्सनमा दीपिकाका नजिकका साथीभाई तथा आफन्तजनहरु सहभागी हुनेछन् ।

त्यसपछि दोस्रो रिसेप्सन मुम्बइमा आयोजना गरिनेछ । खबरहरुक अनुसार नोभेम्बर ३० वा डिसम्बर १ मा मुम्बइको ग्रयाण्ड हायातमा हुनेछ ।

यो रिसेप्सनमा बलिउड तथा उद्योग जगतका हस्तीहरु उपस्थित हुनेछन् । दीपिका–रणविरको विवाहमा करिब ३००० पाहुनाहरु उपस्थित हुने अनुमान गरिएको छ ।

दीपिका पादुकोण र रणविर सिंहले दुई दिनअघि सामाजिक सञ्जालमा उनीहरुको विवाहको कार्ड सार्वजनिक गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस