लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे पदभार ग्रहण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण १५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १५, बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन् ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाइ भएर गएका छन् ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस