खसोग्गीको हत्याको विरोधमा महासंघले बुझायो साउदी राजदूतावासमा विरोधपत्र

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ कार्तिक ६, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ६,काठमाडौँ । साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधानसम्पादक जमाल खसोग्गीको हत्याको विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।

अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको साउदी सरकारले करिब दुई हप्तापछि मात्रै स्वीकार गरेको हो ।

नेपाल पत्रकार महासंघले खसोग्गीको हत्याको घटनाप्रति कडा भत्र्सना गर्दै हत्याको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको मागसहित नेपालस्थित साउदी राजदूतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको हो ।

पत्रकार खसोग्गीको हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा महासंघले ऐक्यवद्धता प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस