एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गर्न रावलको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गर्न भीम रावलको माग
साउन १५, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी {नेकपा}को कार्यदलमा रहेका एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै उनले भने, ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता यहाँ पेश गरियोस् ।’

उनले भने, ‘त्यहाँ भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई यदि सम्झौता गरिए राष्ट्रघात हुनेछ ।’

ताजा अपडेट

खोजी गर्नुहोस