कात्तिक ७, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराती भएका खेलमा रियाल मड्रिड, म्यान्चेस्टर सिटी, बायर्न म्युनिखलगायतका चर्चित टोलीहरु विजयी भएका छन् ।
समुह ई का खेलहरुमा जर्मन क्लव बायर्न म्युनिखले ग्रिसको एईके एथेन्सलाई २–० ले हराँउदा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले पोर्चुगलको बेनिफिकालाई १–० ले पराजित गर्यो ।
यस्तै समुह एफ का खेलहरुमा इंग्लण्डको म्यान्चेस्टर सिटीले युक्रेनको शख्तर डोनेट्स्कले ३–० ले हराँउदा जर्मनीको होफेनहाईम र फ्रान्सको ओलम्पिक लियोंले ३–३ गोलको बराबरी खेले ।
युएफा च्याम्पियन्स लिग समुह जि को खेलमा स्पेनको रियाल मड्रिडले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २–१ ले हराँउदा इटालीको ए.एस रोमाले रुसको सि.एस.के.ए मस्कोलाई ३–० ले पाखा लगायो ।
यसैगरी समुह एच को खेलमा इटालीको युभेन्टसले इंग्लान्डको म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा १–० ले हराँउदा स्विट्जरल्याण्डको योङ ब्वाइज र स्पेनको भ्यालेन्सीयाले १–१ गोलको बराबरी खेलेका छन् । च्याम्पियन्स लिग समुह चरणका बाँकी ८ खेलहरु आज राती हुनेछन् ।