शनिबार स्थगित एमाले स्थायी समिति बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण १७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १७, काठमाडौ । एमाले स्थायी कमिटी बैठक केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल गर्न आइतबार बस्दैछ । बैठक दिउँसो तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएको थियो । नेम्वाङले पार्टी एकता प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस