विदेशमा थप ३९ नेपालीको कोरोना संक्रमणबाट मृत्यु, मृतक संखया कति पुग्यो ?

Post Thumbnail

साउन १७, काठमाण्डौ । पछिल्लो तीन सातामा विदेशमा रहेका ३९ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमध्ये मलेसियामा मात्र ३७ जना रहेको गैरआवासीय नेपाली संघ एनआरएनएले जानकारी दिएको छ । बाँकी दुई जना भने युगान्डा र इराकमा रहेका छन् ।

संघका अनुसार हालसम्म कोरोना भाइरसबाट विभिन्न देशमा रहेका ४८६ जना नेपालीको संक्रमणबाट ज्यान गइसकेको छ । विश्वका ५४ देशमा रहेका १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको संघले जनाएको छ । संक्रमितमध्ये १ लाख १७ हजार ५२९ जना संक्रमणमुक्त भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस