बिश्व कोरोना अपडेट : एकै दिन ५ लाख २८ हजारमा संक्रमण पुष्टि, अमेरिकामा सबैभन्दा धेरै !

साउन १७, काठमाडौ । विश्वभर एकै दिन पाँच लाख २८ हजार कोरोना संक्रमित थपिएका छन् । जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ५० हजार थपिएका छन् । यस्तै‚ भारतमा ४१ हजार ७९०, ब्राजिलमा ३७ हजार ५८२, रुसमा २३ हजार ८०७ र फ्रान्समा २३ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ। इन्डोनेशियामा ३७ हजार २८४, बेलायतमा २६ हजार १४४, टर्कीमा २२ हजार ३३२, इरानमा १९ हजार ८४६ र मेक्सिकोमा १९ हजार ३४६ संक्रमित थपिएका छन् ।

यसरी नै विश्वमा एकै दिन ८ हजार ६०० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै इन्डोनेशियामा एक हजार ८०० भन्दा धेरैको मृत्यु भएको छ । ब्राजिलमा ९२५, रुसमा ७९२, भारतमा ५४२, अमेरिकामा २३६, कोलम्बियामा २९१ र अर्जेन्टिनामा १३५ संक्रमितको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म १९ करोड ८५ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । जसमध्ये १७ करोड ९२ लाख ५५ हजार संक्रमणमुक्त भएका छन् । कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार नाघेको छ । सक्रिय संक्रमितको संख्या एक करोड ५० लाख १३ हजार रहेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply