सुनको भाउ पाँच सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ श्रावण १७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १७, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ । आइतबार चाँदीको भाउ स्थिर छ । शुक्रबार एक हजार दुई सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आइतबार बढेको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस