रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

दिपू बर्णवाल

साउन १७, काठमाण्डौ । मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी ९आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटानले मिति २०७८र४र१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना कार्यक्रमको आयोजना गरेको छ । संस्थाले कोरोनाको सन्त्रासको कारणले जनमानसमा परेको मानसिक असरको पहिचान गरी मानसिक स्वास्थ विकासमा टेवा पुर्याउने हेतुस्वरूप गतसाल देखि आयोजना गर्दै आईरहेकोOh Precious Soul You Matter”को यो तेस्रो संस्करण हो ।Selflove is not Selfish भन्ने मुल विषयकासाथ आयोजना गरिएको डेढ घण्टाको उक्त कार्यक्रममा रोट्रयाक्टर र गैर रोटर्याक्टर गरि जम्मा ३५ जनाको सहभागी थियो । उक्त कार्यक्रमलाई,टिपिओ नेपालकि मानसिक परामर्शदाता सविना महर्जनले सहजीकरण गरेका थिए ।

महर्जनले चिन्ता, डर, तनाव, सामाजिक अन्धविश्वास लगायत विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरुका बारेमा चर्चा गर्दै त्यसको पहिचान र त्यसबाट कसरी सहि तरिकाले छुट्कारा पाउने भन्ने बारेमा विस्तृत रुपमा चर्चा गर्नुभएको थियो। ‘आजको युवाहरुमा विशेषतस् पछिल्लो लकडाउन पछी विभिन्न मानसिक समस्याहरु देखिन थालेका छन् । यस्ता लक्षणहरु दुइहप्ता भन्दा बढी देखिए मनोस्वास्थ्यविद संग सम्पर्क गरिहाल्नुपर्ने हुन्छ। आफुलाई मनमा लागेका कुराहरु परिवार साथीभाई लगायत नजिकका व्यक्तिहरुलाइ भनेर पनि समाधान खोज्न सकिने जस्ता उपायहरु उनले बताए ।

यसै गरी कार्यक्रलाई थप जिवन्त दिनकालागी केही सहभागीहरुले आफ्ना मानसिक स्वास्थ्य सम्बन्धी आफ्ना व्यक्तिगत भोगाईका कुराहरु पनि साझा गरेका थिए साथै, कार्यक्रमकी संयोजक रोट्रयाक्टर सदिक्षा कार्कीले मानसिक स्वास्थ्य सम्बन्धी कविता वाचन गर्नु भएको थियो। कार्यक्रमलाई थप उर्जा प्रदान गर्न गायक एस टि मिन विष्टले सांगीतिक प्रस्तुति दिनुभएको थियो। सहजकर्ता साथै सहभागिहरुले कार्यक्रम अत्यन्तै उपलब्धिमुलक रहेको प्रतिक्रिया दिएका थिए।

रोट्र्याक्ट क्लब राजधानीले भावी दिनमा पनि यस किसिमको मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने वाचा संस्थाका बर्ष २०२१(२२ का अधक्ष्य रोट्र। मित्र खत्रीले जनाउनु हुदै सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे भने संस्थाका सामुदायिक सेवा विकासका निर्देशक रोट्र। रमेश देवकोटाले कार्यक्रम निकै नै सुचनामुलक र मनोरञ्जनात्मक रहेको र मानसिक स्वास्थ्यका बारेमा धेरै ज्ञानमुलक कुरा सिक्न पाएको कुरा बताए । कार्यक्रमलाई रोट्र स्नेहा श्रेष्ठले उद्घोष गर्नुभएको थियो र सामुदायिक सेवा सह निर्देशक रोट्र स्वेच्छा श्रेष्ठ सन्योजक्त्वको भुमिका निभाएका थिए ।

 

संम्बन्धित समचार

Leave a Reply