मैलुङ खोला जलविद्युतको आइपीओमा कति पर्यो आवेदन ?

साउन १८, काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा आइतबार साँझसम्ममा झण्डै झण्डै १८ लाख बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा १७ लाख ७६ हजार ७११ जना आवेदकबाट २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गेरको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

संम्बन्धित समचार

Leave a Reply