माओवादी केन्द्र: स्थायी कमिटी बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १८, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । ‘अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको माओवादी केन्द्रीयका मुख्य सचिव श्रीराम ढकालले बताए ।

आजको बैठकबाट सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउने माओवादीको तयारी थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । थप केही मन्त्रालय माओवादीले पाउने छ । तर मन्त्रीका आकांक्षी धेरै भएपछि माओवादीले निर्णय गर्न सकेको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस