मैलुङ खोला जलविद्युत कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन !

साउन १८, काठमाडौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपिओ खरिदका लागि आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको सार्वजनिक निष्कासनमा आएको आइपिओ खरिदका लागि आइबार साँझ ५ बजेसम्म मागभन्दा ३५ गुणाबढी आवेदन परिसकेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
सो अवधिसम्म १७ लाख ७६ हजार ७११ जना आवेदकहरुबाट २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर खरीद माग भएको सिडिएसले जनाएको छ ।

कम्पनीले आइपिओमा छिटो अवधि साउन १८ गतेसम्ममा आवेदन दिन सकिने र सो समयसम्म मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म आवेदन दिन सकिने भनेकोमा मागभन्दा बढी आवेदन परेपछि छिटो अवधिमा मात्रै शेयर खरिदका लागि आवेदन दिन पाइने भएको हो ।
कम्पनीले गत बिहीबारदेखि जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजारमध्ये २० प्रतिशत अर्थात ७ करोड ३६ लाख २८६ रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply