एन्फाका प्रवक्ता किरण राईले दिए राजीनामा

साउन १८, काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा दिएका हुन् ।

नेतृत्व तहसँग मनमुटाव भएपछि राजीनामा दिने उनी पछिल्ला पदाधिकारी हुन् । अहिले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयलाई लिएर एन्फामा चर्को विवाद छ ।

संम्बन्धित समचार

Leave a Reply