भारतीय चर्चित संगीतकार अनु मलिकलाई इजरायली संगीत चोरीको आरोप

साउन १८, काठमाडौं । भारतीय चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप लागेको छ । जसका कारण उनी ट्वीटरको ट्रेनिङमा छन् । फिल्म ‘दिलजले’ को एक गीतको संगीत उनले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ ।

आइतबार इजरायलले टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेको थियो । सो अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो । सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।

मलिक बलिउडका चर्चित संगीतकारको अलवा इन्डियन आइडल १२ का जर्ज पनि हुन् । संगीत चोरीको कारणले उनी सामाजिक सञ्जाल प्रयोगकर्तादेखि ट्रोलसम्मको निशाना बनिरहेका छन् । मलिकलाई संगीत चोरीको आरोप लागेको यो पहिलो भने होइन । यस अगाडि पनि उनलाई यस्तो आरोप लागेको थियो ।

संम्बन्धित समचार

Leave a Reply