बागमती नदीमा हाम फालेकी महिलाको जीवितै उद्धार

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ श्रावण १९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १९, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस